काठमाडौं । नेकपाले विदेशी वुहारीलाई विवाह भएको ७ बर्षपछि मात्र अंगीकृत नागरीकता दिने निर्णय गरेको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैकठले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेलगत्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने वर्तमान कानुनी व्यवस्थामा कठोर बन्दै नेकपाले यस्तो निर्णय गरेको हो ।
साथै बैकठले नागरकिताको लागी सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था पनि गरेको बैठकको निर्णय सुनाउदै प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘संसदमा विचाराधिन गरिकता विधेयकका कतिपय प्रावधानहरूका बारेमा छलफल भयो । नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्नसक्ने अंगीकृत नागरिकताको प्रवधानबारे छलफल गरेर निष्कर्ष निकालिएको छ’, श्रेष्ठले भने, ‘त्यस्तो नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागरकिता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगीकृत नागरिकताका प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालियो ।’
त्यस्तै बैठकले ७ वर्षसम्म सामाजिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि नै प्राप्त गर्नसक्ने गरी विदेशी वुहारीलाई आवासीय परिचयपत्र प्रदान गरिने पनि श्रेष्ठले बताउनुभयो ।
शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा पार्टीका तर्पबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग भएको छलफलमा पनि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिनुपर्नेमा सहमत गरेको थिए ।
नागरिकतामा राखिने प्रावधानका विषयमा दलहरूबीच सहमति नहुँदा विधेक संसदीय समितिमा अड्किएको छ ।
संघीय संसदको राज्य व्यवस्था र सुशासन समितिले आइतबारसम्म यसबारे सहमति जुटाउन समय दिएको छ। तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अहिलेकै व्यवस्था चलाउन नहुने अडान लिएको छ।